stcnepal long ad
ime life insurance
national life
global ime bank long

भाइभो ब्राण्डका स्मार्ट वाचको नेपालमा पनि विक्री सुरु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौंको इन्फोमेट सेक्युरिटी एण्ड अटोमेसन र पोखराको आइटी गार्डेन प्रा.लि.को सहकार्यमा नेपालमा भाइभो ब्राण्डको स्मार्ट वाचको बिक्री सुरुवात भएको छ ।

नेपालमै पहिलो पटक भाइभो स्मार्ट वाचलाई बिक्री सुरुवात गरिएको आइटी गार्डेन प्रा.लि. पोखराका सञ्चालक अनुप पन्तले जानकारी दिए । भाइभो ब्राण्डको स्मार्ट वाचको आधिकारिक बिक्रेता भएर काम गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने ।

यो वाचले मानिसलाई समयको खबर गराउने मात्र नभएर घडी लगाउने व्यक्तिको शरीरलाई २४ घण्टा अनुगमन गराउने र शरीरको कुनै भागमा समस्या आएमा सूचना दिने काम समेत गर्छ, पन्तले भने ।

घडीमा भएको एट्रियल फाइब्रिलेशनले मानिसको मुटुमा समस्या आउनु पूर्व नै सुचना दिन्छ । जसले गर्दा कुनैपनि व्यक्तिलाई हृदयघात हुनबाट जोगाउन सक्ने पन्तको भनाई छ । करिब ३ वर्ष देखी आईटी क्षेत्रमा काम गरेका पन्तले अमेरिकन ट्रेक्नोलोजीको यो घडी नेपालमा नै पहिलो पटक विक्री सुरु गरेका छन् । जसको नेपाली मूल्य ३५ हजार सम्म पर्दछ ।

IME Lifesidebar
kumari