नेपाल एसबिआई बैंकको लाभांश पारित
काठमाडौं । नेपाल एसबिआई बैंकको प्रस्तावित ९.४७ प्रतिशत लाभांश पारित भएको छ । पुस २८ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद गरी कूल ९.४७ प्रतिशत लाभांश पाउने छन् ।
बैंकको ७औं वार्षिक साधारणसभा पुस २८ गते काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । सभाले बैंकको आ.व. २०७६/०७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७७ को वासलात, आ.व. २०७६/०७७ को नाफा नोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि।” को आ.व. २०७६/०७७ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
उक्त साधारणसभाले आ.व. २०७७/०७८ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्सएस.ए.आर. एसोयिसट्स्, चाटर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्तितथा निजको पारिश्रमिक अनुमोदन गरेको छ ।
साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफारनियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्नेरगाभिने (मर्जर) वा प्राप्ती(एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्नेरगाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने र गराउने सम्बन्धमा आवश्यक कामहरु गर्नरगराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।























