stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रतिनिधि सभा पुर्नस्थापना नभए संविधान नै विघटन हुने चेतावनी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले नेपालको संविधानले संसद विघटनको प्रस्ताव स्वीकार गर्ने अधिकार राष्ट्रपतिलाई नदिएको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा भएको अन्तरक्रियामा वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधानमा नभएको व्यवस्थामा टेकेर आएको प्रस्तावलाई राष्ट्रपतिले स्वीकार गर्न नसक्ने जिकिर समेत गरे ।

पूर्वसभामुख दमननाथ ढुंगानाले प्रतिनिधि सभा पुर्नस्थापना नभए संविधान नै विघटन हुने चेतावनी दिए । ढुंगानाले देशमा बहादुर प्रधानमन्त्री भएजस्तै न्यायाधिशहरु ज्ञानि भएकाले प्रतिनिधि सभा पुर्नस्थापना हुने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रमा देश जनताको प्रतिनिधि मुलक संस्था विहिन बन्न नसक्ने भन्दै संसद पुनस्र्थापना गरी प्रतिगामी हर्कत गर्नेहरुलाई उचित कानूनी दण्ड गर्नुपर्ने बताए ।
कार्यक्रममा देशलाई विभाजन गर्ने उद्देश्यले प्रतिनिधि सभाको विघटन गर्न खोजिएको सहभागिहरुले बताएका थिए ।।

prabhu mahalaxmi
kumari