stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्र बैंकले पुनरकर्जाका लागि लघुवित्तसँग आवेदन माग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले घ बर्गका लघुवित्त वित्तीय संस्थाहरुसँग पुनरकर्जाको लागि आवेदन माग गरेको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै पुनरकर्जाका लागि आवेदन माग गरेको हो ।

पहिलो पटक प्रकाशित गरेको सो सूचनाका अनुसार लघुवित्तहरुले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । लघुवित्त वित्तीय संस्थाहरुले आवेदन दिँदा विभिन्न नियमहरु पालना गर्नु पर्ने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।

लघुवित्त कम्पनीहरुले आफनो पूँजीकोषको ६५ प्रतिशतसम्मको रकमको लागि पुनरकर्जा आवेदन दिन सक्ने, अघिल्लो त्रैमासको पूँजीकोषको अनुपात राष्ट्र बैंकले तोके बमोजिम हुनु पर्ने, पूँजी योजना अनुसार चुक्ता पूँजी पुगेको हुनु पर्ने, विगत तीन वर्षभित्र संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा सीईओ कारवाहीमा नभएको हुनुपर्ने लगायत शिर्तहरु पालना गर्नुपर्ने उल्लेख गरेको छ ।

यस्तै, आफ्नो कार्य क्षेत्र भन्दा बाहिर कर्जा प्रवाह नगरेको संस्थाले आवेदन दिन पाउन छन् भने आफ्नो कार्यक्षेत्रभन्दा बाहिर कर्जा प्रवाह गरेको संस्थाले आवेदन दिन पाउने छैनन् ।

विगत एक वर्षमा राष्ट्र बैंकबाट सिघ्र सुधारात्मक लगायत कुनै कारवाहीमा नपरेको संस्थाले आवेदन दिन पाउने छन् भने कुनै कारवाहीमा परेको संस्थाले आवेदन गर्न पाउने छैनन् ।

पुनरकर्जा प्राप्त गर्ने संस्थाले प्राप्त श्रोतको आधारमा सम्पूर्ण ऋणीको व्याजदर कम हुने गरी व्याजदरमा समायोजन हुनु पर्ने शर्त पनि राष्ट्र बैंक्ले राखेको छ । रित पूर्वक पेश नभएका र समयमै दर्ता नभएका आवेदनलाई स्वीकार नगरिने पनि उल्लेख गरिएको छ ।

prabhu mahalaxmi
kumari