citizens life insurance long ad
stcnepal long ad

स्टान्डर्ड चार्टर्डको सभा आज, लाभांश वितरण मुख्य एजेन्डा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारण सभा आज पुस २४ गते शुक्रबार हुँदैछ । सभा एभरेष्ट होटल, नयाँ बानेश्वरमा काठमाडौंमा दिउँसो १२ः१५ बजेबाट सुरु हुँदैछ । सभामा बैंकले ७% बोनस सेयर र ४.८४%  नगद गरी कुल ११.८४% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा पनि रहेका छन् । कोरोनाका कारण भौतिक रुपमा सभामा २५ जना उपस्थित हुने र अन्य सेयरधनीलाई भर्चुअल रुपमा मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।

सभा प्रयोजनका लागि बैंकले गत पुस ९ गतेदेखि आज पुस २४ गते सम्म बुक क्लोज गरेको छ । पुस ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश पाउने छन् ।

IME Life
kumari