citizens life insurance long ad
stcnepal long ad

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा संवैधानिक इजलासमा आजदेखि बहस हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आजदेखि शुरु हुँदैछ । सर्वोच्च अदालतको आदेश अनुसार विवादित सो मुद्दाको सुनुवाई संवैधानिक इजलाशमा हुने भएको हो ।

सर्वोच्चको आदेश बमोजिम राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सभामुखको कार्यालयबाट लिखित जवाफ गत १९ गते नै पेश भइसकेको छ ।

यसैबीच इजलाश अन्तरगत एमिकस क्युरीमा सहभागी हुन पहिलो पटक महिला वरिष्ठ अधिवक्ता गीता पाठक र अर्का कानूनवेत्तामा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलाई सर्वोच्च अदालत बारको समितिले सिफारिश गरेको छ ।

उता नेपाल बार एशोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिश गरिएको छ । सर्वोच्च अदालतले एमिकस क्युरीका लागि कानूनवेत्ता झिकाउने आदेश जारी गरेको थियो ।

IME Life
kumari