stcnepal long ad
ime life insurance
national life
global ime bank long

“खुकुरी म्युजिक नेसन” प्रतियोगिता खुकुरी म्युजिक नेशन प्रतियोगिताका लागि शीर्ष १६ जनाको नाम सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं  । खुकुरी म्युजिक नेशन प्रतियोगिताको शीर्ष १६ प्रतियोगीहरुको नाम सार्वजनिक भएको छ । प्रतियोगितमा सहभागी हुन आवेदन दिएकामध्ये शिर्ष १६ मा स्थान जमाउन सफल भएका प्रतियोगीको नाम जनवरी १ तारिखमा खुकुरीको आधिकारिक युट्युब च्यानल र डिस होम मार्फत सार्वजनिक गरिएको थियो ।

खुकुरी म्युजिक नेशनको ब्यानरमा खुकुरी म्युजिकले भर्चुअल साँगीतिक प्रतियोगिता शुरुवात् गरेको छ । यो भर्चुअल प्रतियोगिताले नेपाली संगीतका उदयमान प्रतिभालाई आफू स्वयम् र उनीहरुका प्रियजनको समेत स्वास्थ्य सुरक्षा सुनिश्चित् गर्दै आफ्नै घरबाट आफ्नो सांगीतिक प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ ।

घोषित शीर्ष १६ प्रतियोगीहरु अनिश श्रेष्ठ, अन्जान रानाभाट, युनिक बज्राचार्य, किरण भुषाल, महेश चापागाईं, मोनिका राई, सन्देश गुरुङ्ग, सागर राई, सन्तोष घले, उमित श्रेष्ठ, सबिन मगर, राजु गुरुङ्ग,दर्शिका रेग्मी, कुसुमगिरी, अशिम थापा, र जिग्मे बाङचुक रहेका छन् । प्रतियोगिताको लागि नेपालभित्र रहेका र नेपाल बाहिर बसेका नेपालीहरुले सहभागीता जनाएका थिए ।

शिर्ष १६ प्रतियोगीहरुको चयन विपुल क्षेत्री, समृद्धि राई र सबिन राई सहितको निर्णायक मण्डलले गरेको थियो । प्रतियोगितामा सहभागी हुन इच्छुक आवेदकहरुले प्रतियोगिताको लागि उनीहरुको आफ्नो सांगीतिक कभर भिडियो आधिकारिक वेबसाइट खुकुरी म्युजिक डटकम मा अपलोड र सम्मिलित गराएका थिए । यस प्रतियोगिताको अर्को चरणमा श्रोताहरुले आफ्नो मनपर्ने कलाकारको लागि भोट गर्न सक्नेछन् । आफ्नो मनपर्ने प्रिय कलाकारलाई प्रशंसकहरुले खुकुरीम्युजिकडटकम मा गएर भोट गर्न सक्नेछन् ।

संगीतसँग खुकुरी रमको सधैं सम्बन्ध रहँदै आएको छ । आफ्नो उपलब्ध मञ्चबाट नेपाली संगीतको विविधतालाई प्रवद्र्धन गर्नु खुकुरी रमको प्राथमिकतामा पर्दछ ।

खुकुरी यो मान्यता राख्छ कि नेपाली संगीत नै एक त्यस्तो तत्व हो जसको कारण हामी ठोकुवाका साथभन्न सक्छौं “गर्वका साथ नेपाली” ।

IME Lifesidebar
kumari