stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिद्धार्थ बैंकको माघ १६ गते वार्षिक साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंकले १५% लाभांश प्रस्ताव पारित गर्न माघ १६ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत वर्षको नाफाबाट १२% बोनस सेयर र ३% नगद गरी कुल १५% लाभांश दिने प्रस्ताव सभामा पेश गर्नेछ ।

यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव छ ।

यता, सभा मार्फत सर्वसाधारण समूहबाट २ जना र संस्थापक समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालकहरुको निर्वाचन हुने भएको छ । सभा अम्रपाली बैंक्वेट, बालुवाटार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा भर्चुअल माध्यमबाट पनि उपस्थिति जनाउन सकिनेछ । सभा गर्न पुस २८ गते बुक क्लोज हुनेछ । पुस २७ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांशको हकदार हुनेछन् ।

IME Lifesidebar
kumari