citizens life insurance long ad
stcnepal long ad

‘नबिल बैंकसँग कसैले चन्दा मागेको छैन’

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेबिल बैंकले आफूसँग सरकार सम्बद्ध कुनै पनि व्यक्तिहरुले चन्दा नमागेको स्पष्ट पारेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले एक विज्ञप्ती जारी गर्दै स्पष्ट पारेका हुन् ।
उक्त जारी विज्ञप्तीमा भनिएको छ, ‘विभिन्न अनलाइन मिडियाहरूमा “नबिल बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा मागेकोे” जस्तो भ्रामक समाचार प्रकाशित भएकोमा नबिल बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।

यी समाचारहरूमा विमत्ति राख्दै यसमा कुनै सत्यता नभएको कुरा स्पष्ट पार्न चाहन्छौं । नबिल बैंकसँग सरकार सम्बद्ध कुनै व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको अवगत गराउन चाहन्छौं ।’

त्यस्तै, नबिल बैंक विगत ३६ वर्षदेखि निरन्तर नेपाली समाजमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको ‘क’ वर्गको वाणिज्य बैंक हो, जसको नेपाल राष्ट्र बैंकबाट नियमन भइरहेको बैंकले जनाएको छ ।

IME Life
kumari