citizens life insurance long ad
stcnepal long ad

फटाफट सेवा संचालनमा, १० प्रतिशत कर फिर्तासँगै छुट माथि छुट अफर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जे चाहिन्छ फटाफट पाइन्छ भन्ने नाराका साथ फटाफट सेवाले बजारमा उपस्थिती जनाएको छ । कोरोना कहरका बिच संक्रमण जोखिमलाई ध्यानमा राख्दै फटाफट सेवा डटकमको सुरुवात गरिएको हो । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बजार उपस्थिती जनाएको फटाफट सेवाले छुट माथि छुट अफर समेत सञ्चालन गर्नेछ ।

‘जेन्युन’ मोबाइलका अतिरिक्त विभिन्न प्रकारका एक्सेसरिज, ग्याजेट तथा इलोक्ट्रोनिक सामानहरु अनलाइन मार्फत खरिद गर्न चाहनेहरुका लागि विभिन्न योजना सहित सेवा सुरु गरिएको फटाफट सेवाले जनाएको छ ।

फटाफट सेवा प्रालिले सञ्चालन गरेको इकमर्श प्लेटफर्ममा पुराना मोबाइल ल्याएर नयाँ मोबाइल साट्न सकिन्छ भने शुन्य प्रतिशत व्याजदर र डाउन पेमेण्टमा हरेक किसिमका विद्युतीय उपकरणहरु खरिद गर्न सकिन्छ ।

फटाफट सेवा प्रालिका अध्यक्ष जीवन श्रेष्ठका अनुसार अंग्रेजी नयाँ वर्षमा सेवा सुरु गरेको अवसरमा ग्राहकलाई सरल किसिमले किस्ताबन्दीमा सामान उपलब्ध गराउनुका साथै हरेक मोबाइलको बीमा सेवा सुरु गरिएको हो ।

अजोड इन्स्योरेन्ससँगको मोबाइल बीमा सम्झौता अनुसार फटाफट सेवाबाट खरिद गरिने हरेक मोबाइलको बीमा गरिने श्रेष्टले जानकारी दिए । मोबाइल हराएको खण्डमा, डिस्प्ले फुटेको खण्डमा वा चोरी भएको खण्डमा सो वापतको क्षतीपुर्ती भुक्तान हुने अजोड इन्स्योरेन्सले जनाएको छ ।

छुटै छुट अफर अन्तरगत फटाफट सेवाबाट कुनै पनि सामान खरिद गर्दा १० प्रतिशत ‘ट्याक्स रिफण्ड’ को व्यवस्था गरिएको छ । यस्तो प्रकारको सुविधा नेपालमै पहिलो पटक प्रदान गर्न लागिएको फटाफट सेवाको दाबी छ ।

त्यसै गरी अनलाइन पेमेन्ट गर्नेहरुलाई १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको फटाफट सेवाले विभिन्न भुक्तानी सेवा प्रदायकहरुसँग सम्झौता गरे भुक्तानी सेवा सुचारु गरेको छ ।

फटाफट सेवाबाट खरिद गरेका सामाग्रीहरुको भुक्तानी ईसेवा, सेल पे, फोन पे, खल्ती तथा आईएमई पे मार्फत भुक्तानी गर्न सकिने र उल्लेखित माध्यमबाट भुक्तानी गर्नेहरुलाई मात्र १५ प्रतिशत छुटको व्यवस्था गरिएको हो ।

यसका अलावा फटाफट सेवाले मोटरसाइकल तथा स्कूटर खरिद गर्नेहरुलाई १० हजार रुपैयाँदेखि ३९ हजार ९९९ रुपैयाँसम्म नगद छुटको व्यवस्था समेत गरेको छ ।

त्यस्तै फटाफट सेवा मार्फत मोबाइल खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँसम्मको दुर्घटना उपचार खर्च समेत पाउने व्यवस्था गरिएको छ । यसका साथै ‘हट अफर’ अन्तर्गत ९० प्रतिशतसम्मको छुटमा सामान खरिद गर्न सकिनेछ ।

ग्राहकहरुले फटाफट सेवा डटकममा ‘एकाउण्ट’ खोल्दा ५०० रिवार्ड प्वाइन्टका साथै अरुलाई ‘रिफर’ गरेमा ५० रिवार्ड प्वाइन्ट प्राप्त गर्न सक्नेछन ।

यसरी प्राप्त हुने रिवार्ड प्वाइन्टलाई फटाफट सेवाबाट सामान किन्दा एक रिवार्ड प्वाइन्ट बराबर एक रुपैंयाको दरले छुटको रुपमा प्रयोग गर्न सकिन्छ । विभिन्न समयमा सञ्चालन हुने अफरमा यस्तो रिवार्ड प्वाइन्टबाट मात्र पनि सामान खरिद गर्न सकिन्छ ।
उपभोक्ताले टेलिफोन मार्फत पनि फटाफटसेवामा उपलब्ध मोबाइल तथा सामानहरु अर्डर गर्न सक्ने छन् । “अनलाइन अर्डरका अलावा एक कल फोनको भरमा मोबाइल तथा अन्य सामान सेवाग्राहीको घरमा डेलिभरी गर्ने व्यवस्था गरेका छौं” फटाफट सेवाका अध्यक्ष श्रेष्ठले भने, “ग्राहकले सामान अर्डर गरेकै दिन डेलिभरी पाउने व्यवस्था गरिएको छ ।”

यस्तै घर तथा कार्यालयबाट बिग्रेका मोबाइल संकलन गरी मर्मत गरेर डेलिभरी दिने सेवा पनि फटाफट सेवाले दिनेछ । यसबाट मोबाइल मर्मत गर्न प्रयोगकर्ता मर्मत केन्द्रसम्म पुग्नु नपर्ने विश्वास फटाफट सेवाले लिएको छ ।

मोबाइलका अतिरिक्त लत्ता कपडा, घरायसी सामाग्री तथा विद्युतिय उपकरणहरु समेत उपलब्ध गराउँदै लैजाने लक्ष्य फटाफट सेवाले लिएको छ । हाललाई वेब पोर्टलबाट मात्र सेवा सुरु गरेकोमा निकट भविष्यमा नै मोबाइल एप पनि सञ्चालनमा ल्याउने तयारी फटाफट सेवाले गरिरहेको छ ।

IME Life
kumari