stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल इन्भेटमेन्ट बैंकको माघ ८ गते साधारणसभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आगामीमाघ ८ गते नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले  साधारणसभा डाकेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारणसभा डाकेको हो । सभाले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र ५.५० % का दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

बैंकको प्रबन्धपत्र संशोधन गरी अधिकृत पूँजी वृद्धि गरी १८ अर्ब पुर्याउने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा साधारणसभामा लैजाने भएको छ ।

सर्वसाधारण शेयरधनीहरुमध्येबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पनि सो सभाले पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस २२ गतेदेखि साधारण सभा सम्पन्न नभएसम्मका लागि शेयर दाखिल खारेज दर्ता बन्द (बुकक्लोज) गर्नेछ ।

यस अनुसार पुस २१ गतेसम्म नेप्सेमा करोबार भइ कायम शेयरधनीहरूले सो सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

IME Lifesidebar
kumari