एनसेलले ‘मिस युनिभर्स नेपाल २०२०’ मा सहकार्य गर्दै
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’ अभियान र ‘गो’ पहल अन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफूल प्रालिसँग ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का लागि सहकार्य गरेको छ ।
महिला सशक्तीकरण प्रवर्द्धन गर्ने तथा आफ्ना सपना साकार पार्न अघि बढिरहेका महिलालाई सहयोग गर्ने यस सहकार्यको उद्देश्य रहेको एनसेलले जनाएको छ।
एमयूएनु एक समावेशी मञ्च हो, जसले नेपाली महिलालाई नेतृत्वदायी भूमिकामा पुग्ने गरी महिला सशक्तीकरणमा सहयोग पुर्याउने विश्वासका साथ काम गरिरहेको छ ।
यस सहकार्य अन्तर्गत एनसेल ‘कनेक्टेड बाई पार्टनर’को रुपमा आबद्ध भएको छ । एनसेलले अहिले मात्र महिलाका लागि ‘अघि बढौँ’ भन्ने थिमका साथ विषेश रुपमा तयार पारिएको ‘गो सिम’ प्याक ल्याएको थियो ।
‘गो’ पहलको दर्शन भनेको प्रगतिशील महिलालाई आफ्ना लक्ष्य प्राप्तिका लागि अघि बढ्न प्रोत्साहन गर्नु भएको एनसेलले जनाएको छ ।
एनसेलले पुस ११ गते यही सहकार्य अन्तर्गत रही ‘मिस युनिभर्स नेपाल २०२०’ का उत्कृष्ट १८ जनामा आउन सफल प्रतिस्पर्धीसँग डा. रवीना देशराज (डेप्युटी सीईओ, मेगा बैंक), प्रियंका कार्की (कलाकार) र पूजा रिजाल (सोलो ट्राभलर) को अन्तर्क्रिया पनि आयोजना गरिएको थियो ।
प्रतियोगिताको फाइनल बुधबार साँझ हुने भएको छ । उत्कृष्ट १८ मा छानिएका मध्येबाट एक प्रतिस्पर्धीले ‘मिस युनिभर्स २०२०’को ताज जित्न सफल हुनेछिन् ।
ताजसँगै विजयीले २५ लाख बराबरको रुपैयाँ पुरस्कार पाउने छन् । आकर्षक नगद पुरस्कारका साथै आयोजकहरूले विजयीलाई विश्वमा हुने यस किसिमका प्रतियोगितामा सहभागी गराउनेछन् ।
महिलालाई लक्ष्यसम्म पुर्याउन थप सहयोग र प्रोत्साहन गर्दै सशक्तीकरणका लागि यस कार्यक्रम मार्फत आबद्ध हुन पाएकोमा निकै हर्ष लागेको एनसेलले जनाएको छ ।

























