stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रतिनिधिसभा विघटन विरुद्धमा परेको रिटमाथि आज संवैधानिक इजालसमा सुनुवाइ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धमा परेका रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । अस्ति बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार प्रतिनिधिसभा विघटन गरेको निर्णय विरुद्ध नेकपाका प्रचण्ड–नेपाल समूहका सांसद सहितको १३ वटा रिट सर्वोच्चमा दर्ता भएको थियो ।

संसद् विघटनको विषय संविधानसम्बन्धी व्याख्या गर्नुपर्ने भएकाले संवैधानिक इजलासमा प्रधानन्यायाधीश सहित पाँच जना न्यायाधीशबाट सुनुवाइ हुन लागेको हो । संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनका क्रममा लिइएका आधार र त्यसको संवैधानिक धरातलको परीक्षण गर्नेछ ।

सरकारले संसद विघटन गर्दा संविधानको धारा ७६ र ८५ लाई आधार मानेको छ । प्रधानन्यायाधीश जबराले भने यो धाराको थप संवैधानिक व्याख्या आवश्यक रहेकाले रिटहरुलाई संवैधानिक इजलासमा पठाउन अस्ति आदेश दिनुभएको थियो । रिट निवेदक र अधिवक्ताहरुले भने बृहत इजलासमा सुनुवाइ हुनुपर्ने माग गरेका थिए ।

संवैधानिक इजलासका लागि सर्वोच्चले तयार गरेको रोस्टरमा भएका १० जना मध्ये चार जना न्यायाधीश प्रधानन्यायाधीशले छान्न पाउने व्यवस्था छ । अहिले संवैधानिक इजलासका लागि तयार भएको रोस्टरमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिह्ना, प्रकासिंह राउत र सपना प्रधान मल्ल छन् ।

IME Lifesidebar
kumari