stcnepal long ad
ime life insurance
national life
global ime bank long

वेस्टर्न युनियनकोे “दशैं तिहार को सौगात” अन्तर्गत बम्पर लक्की ड्र विजेतालाई रु.१० लाख हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी कारोबार र भुक्तानीको अग्रणीले नेपालमा उपभोक्ता प्रबद्र्धन योजना “दशैं तिहारको सौगात” अन्तर्गत बम्पर लक्की ड्र को विजेता घोषणा गरेको छ ।

एक कार्यक्रमकाबीच सी.जी. फिन्कोबाट रकम प्राप्त गरेकी बम्पर लक्की ड्रकी विजेता कल्पना शाहीलाई आज सी.जी. फिन्कोका डी.जी.एम. नर बहादुर के.सी.ले सी.जी. फिन्कोकोे ग्राहक सेवा केन्द्र कमलादीमा रु १० लाख हस्तान्तरण गरेका छन् ।

उक्त रकम प्राप्त गरेकी विजेता कल्पना शाहीले सो रकम उत्पादन मूलक क्षेत्रमा लगानी गरी जिवन भर वेस्टर्न युनियन मनि ट्रान्सफरलाई सम्झि रहने बताएकी छिन ।

यो प्रबद्र्धन दशैं, तिहार र छठ पर्वको अवसरमा अक्टुबरमा सार्वजनिक गरिएको थियो । उक्त योजना अन्तर्गत हरेक हप्ता १० जना भाग्यशाली विजेताले रु. २५००० जित्ने अवसर पाएका थिए । प्रबद्र्धन अवधिभरिका सम्पूर्ण योग्य कारोबारहरु बम्बर लक्की ड्र मा समावेश गरिएको थियो ।

यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्णा ट्राभल एण्ड टुर्स् प्रा.लि., सी.जी. फिन्को लि., हुलास रेमिटान्स, माया रेमिट प्रा.लि., नबिल बैंक, डिजिटेक रेमिटान्स प्रा.लि. र सूर्य रेमिट प्रा.लि. बाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।

“म यो उपभोक्ता प्रबद्र्धनका सम्पूर्ण विजेताहरुलाई बधाई दिन चाहन्छु । म सबै ग्राहकहरुप्रति आभारी छु जसले आफुले कडा मिहेनत गरेर कमाएको पैसा आफ्ना नेपालमा रहेको परिवारसम्म पुर्याउन वेस्टन युनियनमा विश्वास राख्दछन् ।

यहि विश्वासले हामी र हाम्रा एजेन्टहरुलाई विभिन्न ग्राहकहरुको आवश्यकतालाई अनुरुप निरन्तर सेवा प्रदान गर्न प्रत्सोहान गर्दछ, वेस्टन युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एस एस रमानाथनले भन्नुभयो ।”

IME Lifesidebar
kumari