citizens life insurance long ad
stcnepal long ad

राप्रपाले पुस १७ गते काठमाडौँ उपत्यकामा प्रदर्शन गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस १७ गते काठमाडौँ उपत्यकामा प्रदर्शन गर्ने भएको छ। शनिबार काठमाडौँमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका लागि पुस १७ गते काठमाडौँ उपत्यकामा प्रदर्शन गर्ने बताएका छन् ।

उनले राजसंस्थाको पुर्नस्थापनाको लागि देशभरबाट उठेको आवामा आफ्नो सर्मथन रहेको बताएका छन् । राप्रपाले झापा, मकवानपुर र महोत्तरी लगायतका जिल्लामा जनप्रदर्शन गरिसकेको र यही पुस १७ गते काठमाडौँमा समेत प्रदर्शन गर्न लागेको उनले बताए।

यस्तै अहिलेको बुहमत प्राप्त सरकारले जनताको अभिमतको दुरूपयोग गरिरहेको र त्यसको पूर्ण रूपमा विरोध गर्दै मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न दबाव दिन पनि आन्दोलन आवश्यक रहेको उनले बताए।

कार्यक्रममा अध्यक्ष राणाले महँगी नियन्त्रण, बेरोजगारी समस्या समाधान गर्न, भ्रष्ट्राचार नियन्त्रण गर्न, संगठित धर्म परिवर्तन रोक्न सरकार असफल भएकाले पनि राप्रपा सडकमा उत्रनुपरेको बताए।

कार्यक्रममा अर्का अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा स्वस्फूर्त रूपमा भइरहेको प्रदर्शनमा राप्रपाको समर्थन रहेको र अब हुने आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताए।

यस्तै अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोना महामारी नियन्त्रण गरी आर्थिक विकास गर्न सरकार पूर्णरूपमा असफल भएको बताउँदै जनताले चाहेको परिवर्तनलाई संस्थागत गर्न पनि आन्दोलन आवश्यक रहेको बताए।

IME Life
kumari