stcnepal long ad
ime life insurance
national life
global ime bank long

ग्याँस कालोबजारी गरेको अभियोगमा पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

मोरङ। विराटनगर महानगरपालिका–१४ मलाहा रोडमा फोटोकपी तथा ग्याँस पसल संचालन गर्ने मनिष यादवलाई ग्याँस कालोबजारी गरेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यादवले एउटा ग्याँस सिलिण्डरबाट अर्को सिलिण्डरमा सारी ग्याँसको तौल कम गरी बिक्री गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यादवको पसलबाट ११ थान ठुलो ग्याँस सिलिण्डर, २ थान सानो ग्याँस सिलिण्डर, १ थान तौल मेसिन, २ थान रेगुलेटर, १ थान एयर लिंक गर्ने पाईप समेत प्रहरीले बरामद गरेको छ ।
यादव उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

IME Lifesidebar
kumari