साल्ट ट्रेडिङ कर्पोरेसनको वार्षिक साधारण सभा आज, ३५% लाभांश पारित हुँदै
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले ३५% लाभांश अनुमोदन गर्न आज मंगलबार मंसिर ३० गते वार्षिक साधारण सभा बोलाएको छ । ५३ औं साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय, कालिमाटी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको २५% बोनस सेयर र १०% नगद लाभांश वितरण प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ ।
आर्थिक बर्ष २०७७/०७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १५ गतेदेखि मंसिर ३० गतेसम्म बुक क्लोज गरेको छ ।
मंसिर १४ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् ।
सभा भिडियो कन्फ्रेन्स मार्फत हुनेछ । भर्चुअल रुपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
























