citizens life insurance long ad
stcnepal long ad

संवैधानिक परिषदको बैठक मंगलबार बस्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिक्त रहेका संवैधानिक निकायमा पदपूर्ति गर्न संवैधानिक परिषदको बैठक  मंसिर ३० गते मंगलबार बिहान ९ बजे बस्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल, सभामुख अग्निप्रसाद सापकोटा गायतको उपस्थिति नभएपछि आज आइतबारका लागि निर्धारित बैठक स्थगित भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार  बिहान ९ बजे बोलाउनु भएको सो बैठक गणपुरक संख्या नपुगेपछि स्थगित भएको हो । छ जना सदस्य रहेको परिषद् बैठकमा अध्यक्षसहित पाँच जनाको उपस्थिति अनिवार्य हुनुपर्ने प्रावधान छ ।

तर, आजको बैठकका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनामात्र उपस्थित हुनुहुन्थ्यो ।

यता सभापति देउवाले भोलि  सोमबार सरकारविरुद्ध विरोध प्रदर्शनको कार्यक्रम तय भएकाले त्यसअघि बैठकमा सहभागी हुन नसक्ने सन्देश पठाउनुभएको थियो ।

त्यस्तै, संघीय संसद सचिवालयको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक परेकोले सभामुख सोपकोटा संवैधानिक परिषद बैठकमा सहभागी नभएका बताइएको छ ।

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष तथा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष, विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।

IME Life
kumari