क्यानडा पठाईदिने भनी भारततर्फ लैजाँदै गरेकी एक महिला एपीएफ टोलीद्वारा पक्राउ
कञ्चनपुर । कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ११ डोके स्थित सीमा ईलाकाबाट मंसीर २२ गते दुई जना महिलालाई क्यानडा पठाईदिन्छु भनी भारत तर्फ लैजाँदै गरेकी एक महिलालाई एपीएफ टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्की जिल्लाको पोखरा महानगरपालिका १२ बस्ने सिता पाण्डे सुवेदी छिन् ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डोकेबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागि सोधपुछ गर्दा निज सुवेदीले ती दुई महिलालाई भारतको दिल्ली हुँदै क्यानडा पठाईदिने भन्दै
भारततर्फ लैजाँदै गरेको खुल्न आएपछि निज सुवेदीलाई पक्राउ गरिएको हो । पक्राउ परेकी निज सुवेदीलाई ती दुवै जना महिला सहित शान्ति पुर्नस्थापना केन्द्र त्रिनगरमा बुझाईएको छ ।























