stcnepal long ad
ime life insurance
national life
global ime bank long

आइतबारदेखि मनकामना मन्दिर र केवलकार  खुल्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

गोरखा । कोरोना भाइरस (कोभिड–१९) का कारण ९ महिना बन्द रहेको मनकामना मन्दिर आगामी मंसिर २८ देखि खुल्ने भएको छ ।

मनकामना क्षेत्र विकास समितिको आह्वानमा मङ्गलबार सम्पन्न सर्वपक्षीय बैठकले बिगत नौ महिनादेखि बन्द रहेको मन्दिर र केवलकार खुलाउने निर्णय गरेको समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए।

‘संस्कृति मन्त्रालयबाट मन्दिर खुलाउने बारे निर्णय गरेको परिपत्र प्राप्त भयो। सो पत्रको आधारमा मंगलबार बसेको सर्वपक्षीय बैठकले जिल्ला विपत व्यवस्थापन समितिसंग अनुमति लिएर आइतबारदेखि मन्दिर र केवलकार खुलाउने निर्णय भएको छ’, जोशीले भने, ‘मन्त्रालयको निर्णय अनुसार स्थानीय स्तरमा समन्वय गरेर र स्वास्थ्य प्रोटोकल पालना गरी अब मन्दिर खुल्छ।’

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत्र ८ गतेबाट मन्दिर र केवुलकार बन्द गरिएको थियो । भक्तजनलाई मन्दिरभित्र प्रवेश गर्न नदिने, पश्चिमतर्फको झ्यालबाट देवीको दर्शन गराउने, पुजारीले पञ्जा र मास्कको प्रयोग गरी भक्तजनको पूजासामग्री ग्रहण गरी पूजा गर्ने लगायतका निर्णय भएको क्षेत्रविकास समितिका पूर्व अध्यक्ष दिनेश जोशीले जानकारी दिए।

स्थानीय स्तरमा समन्वय गरेर केवलकार चलाउन सकिने पत्र प्राप्त भएकाले गाउँपालिका, मनकामना क्षेत्र विकास समिति, स्थानीय स्तरको उद्योग वाणिज्य संघको बजार इकाइसँग समन्वय गरी आउँदो मंसिर २८ आइतबारदेखि केवलकार चलाउने तयारी गरिएको स्टेशन मेनेजर उज्ज्वल शेरचनले जानकारी दिए।

IME Lifesidebar
kumari