citizens life insurance long ad
stcnepal long ad

१३८२ कोरोना संक्रमित थपिए, थप २३ जनाको मृत्यु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ३ सय ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ६ सय २१ जना संक्रमणमुक्त भएका छन । योसंगै अहिलेसम्म कुल दुई लाख २९ हजार ५४ जना संक्रमित निको भएका छन ।

कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १७ लाख ९९ हजार ६ सय ८६ पीसीआर नमूना परीक्षण गरिएको छ । अहिले क्वारेन्टिनमा ५ सय २३ जना बसिरहेका छन ।

पछिल्लो २४ घन्टामा थप २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणवाट हालसम्म १ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ ।

IME Life
kumari