citizens life insurance long ad
stcnepal long ad

अरुण काबेली पावरको साधारण सभा आज

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अरुण काबेली पावर लिमिटेडको १० औं वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको  गत कार्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको दशौँ वार्षिक साधारण सभा आज कम्पनीको सभाकक्ष, ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुने जनाएको छ ।

सभामा कम्पनीका शेयरधनीहरूलाई ५ दशमलव ७१ प्रतिशत बोनस शेयर र ० दशमलव २९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि मंसिर १२ गतेदेखि मंसिर २१ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

IME Life
kumari