सशस्त्र प्रहरी महानिरीक्षकबाट नेपाल एपीएफ स्कुल कोहलपुर बाँकेको उद्घाटन
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बाँके जिल्लाको कोहलपुर नगरपालिका २ बर्दवामा स्थापना भएको नेपाल एपीएफ स्कुल कोहलपुर बाँकेको बिहिबार उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले राजधानी बाहिर यस्ता बिद्यालय संचालन गरिदा सशस्त्र प्रहरी कर्मचारी एवं स्थानिय नागरिकका सन्ततीको गुणस्तरीय शिक्षादिक्षामा योगदान पुग्ने चर्चा गर्नुहुँदै प्रदेश स्तरमा विद्यालय विस्तार गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखी विद्यालय संचालनमा ल्याईएको बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले शिक्षा सभ्य समाज निर्माणको आधारशिला भएको तथा शिक्षाको विकास सँगै राष्ट्र सम्बृद्धिको बाटोमा अगाडी बढ्ने चर्चा गर्नुुहुँदै हाम्रो जस्तो विकासशिल देशमा शिक्षाको विकास समग्र राष्ट्रको विकासको मेरुदण्ड रहेको बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनाललेनेपाल एपीएफ स्कूलले समग्र राष्ट्रको शिक्षाको विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुहुँदै हालको जटिल अवस्थामा समेत विद्यालय संचालनमा विभिन्न क्षेत्रबाट प्राप्त सहयोग प्रति
आभार प्रकट गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु सीमा सुरक्षाको साथै राज्य प्रदत्त विभिन्न जिम्मेवारीका क्षेत्रहरुमा देशका विभिन्न ठाउँहरुमा रहेर सीमित साधन श्रोतका बावजुद कार्यक्षेत्रमा अहोरात्र खटिई राष्ट्रको सुरक्षा तथा आम नागरिकको सुरक्षा, सेवा र सहयोगमा पु¥याएको योगदानको विभिन्न
क्षेत्रहरुबाट प्रशंसा भईरहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरु अगामी दिनमा समेत अझ बढी सजग र सतर्क भई व्यावसायिक जिम्मेवारी निर्वाहमा कृयाशिल रहने उल्लेख गर्नुभयो ।
सो अवसरमा कोहलपुर नगरपालिकाका मेयर एल।वि। रावतले नेपाल एपीएफ स्कूलबाट स्थानीय सर्वसाधारण जनताका छोरीछोरी समेत लाभान्वित हुने चर्चा गर्नुुहुँदै स्कूलको विकास तथा स्तरउन्नतीका लागि सदैव सहयोग रहिरहने उल्लेख गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ईन्द्रराज कार्कीले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुहुँदै सर्वसाधारण नागरिकका सन्ततीहरुले समेत स्थानीय स्तरमा गुणस्तरीय शिक्षा सर्वसुलभ रुपमा प्राप्त गर्ने बताउनुभयो ।
सो विद्यालयमा यसै शैक्षिकसत्र देखि अनलाईन विधिबाट कक्षा ४ र ५ का विद्यार्थी छनोट गरी कुल ५८ जना विद्यार्थीहरुलाई अनलाईन कक्षा संचालन भईरहेको कुरा सो कार्यक्रममा जानकारी गराईएको थियो ।























