citizens life insurance long ad
stcnepal long ad

आज १३४३ जनामा कोरोना संक्रमण पुष्टि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं– नेपालमा आज थप १३४३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९२८९ जनाको पीसीआर परीक्षणमा १३४३ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा २१११ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख २० हजार २ सय ७७ जना छन् । नेपालमा निको हुने दर ९२ दशमलव ७ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १५५१ रहेको छ । संक्रमितमध्ये ०.६५ प्रतिशतको ज्यान गएको छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ५६१ जना संक्रमित भएका छन् ।

IME Life
kumari