चिलिमे जलविद्युत कम्पनीको वार्षिक साधारण सभा पुस १२ गते
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको वार्षिक साधारण सभा पुस १२ गते बस्ने भएको छ । सभामा कम्पनीले २०% लाभांश दिने प्रस्ताव पेश गर्नेछ । कम्पनीले वर्षको नाफाबाट १०% बोनस सेयर र १०% नगद गरी कुला २०% लाभांश दिन लागेको हो ।
कम्पनीले ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँनै नगद लाभांश बाँड्नेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान र नगद प्रवाह सम्बन्धी विवरणमा पनि छलफल हुनेछ । साधारण सभा गर्नका लागि चिलिमेले मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गर्नेछ ।
मंसिर २८ गतेसम्म मात्र कायम सेयरधनीले लाभांश हात पार्नेछन् । सभा कम्पनीको रजिष्टर्ड कार्यालय धुम्वाराही काठमाडौंमा गुगल मिटबाट भर्चुअल माध्यममा बिहान ११ बजे बस्नेछ ।






















