माउण्टेन इनर्जीको आइपीओ बुधबार बाँडफाँट हुँदै
काठमाडौं । माउण्टेन इनर्जीको आइपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार प्रि–अलोटमेन्ट मंसिर १४ गते भएको छ । सोही अनुरुप नेपाल धितोपत्र बोर्डसँग प्रि–अलोटमेन्ट गरेको ३ दिन भित्र आइपीओ बाँडफाँट गर्ने प्रावधान अनुसार बुधबार आइपीओ बाँडफाँट गर्ने अनुमति मागेको बिक्री प्रबन्धकले जनाएको छ । यद्यपी कुन समयमा गर्ने भन्न बारेमा अहिलेसम्म कुनै निर्णय नभएको बिक्री प्रबन्धकले जनाएको छ ।
माउण्टेनको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ ।
यो आइपीओमा कुल १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बरारको आवेदन परेको हो । जसमा ६ लाख ७४ हजार जनाले १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताका लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारको लागि बिक्री खुला गरिएको १८ लाख ३० हजार २६५ कित्तालाई आधार मान्दा ७.६१ गुणा बढी आवेदन हो ।
अहिलेको तथ्यांक अनुसार ९भेरिफाईमा वैध भएका आवेदक केही परिवर्तन हुन सक्ने० माउण्टेनको आइपीओमा १ लाख ८३ हजार २६ जना आवेदकले मात्र १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ ।
१ लाख ८३ हजार जनालाई १० कित्ताका दरले सेयर वितरण गर्दा सर्वसाधाणको लागि बिक्री खुला गरिएको १८ लाख ३० हजार २६५ कित्ता सेयर समाप्त हुनेछ । यसआधारमा अहिलेको मोटामोटी तथ्यांक अनुसार ४ लाख ९० हजार ९७३ जनाको हात खाली हुनेछ ।
माउण्टेनले कात्तिक २६ गतेबाट मंसिर ३ गतेसम्म १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गरेको थियो । यसमध्ये २५ अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५% अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था थियो । क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको थियो ।
यसले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो । माउन्टेनले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीको विवरणपत्रमा उल्लेख गरिएको विवरण अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ २८ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । यसमा चन्दप्रसाद ढकाल, मीनबहादुर गुरुङ, प्रमोदकुमार खेतान, प्रदिपजंग पाण्डे लगायतको प्रमुख लगानी रहेको छ ।






















