citizens life insurance long ad
stcnepal long ad

भन्सार चोरी निकासी गरी ल्याएको सुन सहित पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भन्सार छलि चोरी निकासी गरी सुनको कारोबार गरेको भन्ने बिशेष सूचना प्राप्त भई निग्रानी राख्न यस महाशाखाबाट टोली खटाईएकोमा खटिएको प्रहरी टोलीले निग्रानी राख्ने क्रममा २०७७ कार्तिक १२ गते गते दिउसो अन्दाजी १ :०० बजेको समयमा का.म.पा, वडा न ९ सिनांमगल स्थित गोल्डेन गेट अगाडी पुग्दा तपशिलमा उल्लेखित ठेगाना भएका गंगा बहादुर थापा मगर लाई शंकास्पद अबस्थामा फेला पारी चेकजाँच गर्दा निजको साथबाट नगद ११,८६,५००/ ( एघार लाख छयासी हजार पाँच सय ) फेला पारी बरामद गरेको र अनुसन्धान गर्दा राजश्व छलि गरी ल्याएको सुनको बालाहरु काठमाडौंको कोटेश्वरमा स्काई ज्वलेर्स सञ्चालन गरि बस्ने कुमार सेन्चुरीलाई बिक्री गर्ने गरेको भन्ने खुल्न आई २०७७ कार्तिक १४ गते उक्त ज्बलेर्सबाट सुनको बाला ३ थान अन्दाजि (तौल १४९.९५ ग्राम) , फेला पारी बरामद गरि सञ्चालक कुमार सेन्चुरीलाई पक्राउ गरि आवशयक कारबाहीको लागी राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाईएको ।

साथै भन्सार चोरी निकासी गरी ल्याएको बेबारिसे अबस्थामा फेला परेको सेतो रंगको हालको मुल्य रु २,२५,०००/ पर्ने बुलेट मोटरसाईकल त्रिभुबन अन्तरास्ट्रिय भन्सार कार्यालय गौचरण काठमाडौं पठाईएको ।

IME Life
kumari