citizens life insurance long ad
stcnepal long ad

बन्दसत्रमा  “मसँग त भिजन छ, तर अर्काको एजेण्डा बोक्नेले संस्थाको विकास गर्दैन” :चन्द्र ढकाल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्ड हुनुपर्छ भन्नुभएको छ ।

महासंघको जारी साधारणसभाका क्रममा आजको बन्द सत्रमा उहाँले भन्नुभयो, “कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसंग महासंघलाई कुशलतापूर्पका हाँक्ने, संस्थाको गरिमालाई उँचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्यलाई सुनिश्चित गर्ने भिजन र एजेण्डा हुनुपर्छ ।”

ढकालको यो मन्तव्यको आसय उहाँका अर्का प्रत्यासीसँग आफ्नै एजेण्डा र भिजन नरहेको र उहाँले चुनावको अन्तिम दिनसम्म पनि आफ्नो नभएर अर्कैको एजेण्डामा रहेको भन्ने थियो ।

ढकालले मन्तव्यमा भन्नुभयो, “म यस संस्थाको नेतृत्वमा आएर आफ्नै भिजन र एजेण्डा मार्पmत् महासंघलाई आमूल परिवर्तन गर्दै व्यवसायी साथीहरुको मनोबल उच्च बनाउने र देशमा उद्योगमैत्री तथा व्यवसाय मैत्री वावतावरण बनाउन सक्छु, म सँग आफ्नै भिजन र एजेण्डा छन्, हामीलाई चाहिएको निजी क्षेत्रका एजेण्डा हुन जो हामीले बोकेका छौँ, आगामी दिनमा यी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।”

ढकालले महासंघमा हुने विजय या पराजय सफलता र असफलता होईनन् भन्नुभयो । सो क्रममा चन्द्रप्रसाद ढकालले भन्नुभयो “महाधिवेशन पछि पनि हामि टाढा हुने छैनौ हाम्रो ब्यापार र हाम्रो उद्यमले हामीलाई जोड्ने नै छ ।”
ढकालले आधा शताब्दी लामो गौरवशाली इतिहास बोकेको नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्व गर्नका लागि निजि क्षेत्रको विकास गर्ने एजेण्डा र भिजन भएको वास्तविक व्यवसायि नै आउनु पर्ने बताउनुभएको छ ।

मंसिर ११ गतेबाट सुरु भएको महासंघको ५४ औं साधारणसभामा बोल्दै ढकालले आम उद्योगी व्यवसायिको वास्तविक एजेण्डालाई प्राथमिकता नदिएर अरु कसैको आढ भरोसामा उमेद्वारी दिएका व्यक्तिले महासंघलाई नयाँ गति दिन नसक्ने जिकिर गर्नुभयो ।

IME Life
kumari