अरुण कावेली पावरको सेयर मूल्य समायोजन
काठमाडौं । अरुण कावेली पावरको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ५.७१% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य २५४ रुपैयाँ निर्धारण भएको छ ।
यहि मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम कारोबार मूल्य २६९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।






















