citizens life insurance long ad
stcnepal long ad

सशस्त्र प्रहरी बलका डिआईजीहरुको सरुवा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सशस्त्र प्रहरी बलका डिआईजीहरुको सरुवा भएको छ । गृहमन्त्रालयले सशस्त्र प्रहरीका १२ जना डिआईजीहरुको सरुवा गरेको जनाएको छ ।

गृहले सरुवा गरेकोमा ७ नम्वर वैद्यनाथ वाहिनी अत्तरियामा डिआईजी प्रविण श्रेष्ठ, ९ नम्वर उपत्यका वाहिनीमा डिआईजी राजु अर्याल, ४ नम्वर मुक्तिनाथ वाहिनी पोखरामा नारायणदत्त पौडेल र २ नम्वर छिन्नामस्ता वाहिनीमा चन्द्रप्रकाश गौतम रहेका छन् ।

यसैगरी ६ नम्बर महेश्वरी बाहिनी सुर्खेतमा कामु बाहिनीपतिको जिम्मेवारी एक जना एसएसपीलाई दिइएको बुझिएको छ । डिआईजी खड्क राईको सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

गृहमन्त्रालयले एक नम्बर बाहिनी, पांच नम्बर बाहिनी र तीन नम्बर बाहिनीको बाहिनीपतिको भने एक वर्ष नपुगेको कारण सरुवा नगरेको जनाएको छ ।

३० वर्षे सेवाअवधीको कारण डिआईजीहरु हरिशंकर बुढाथोकी,केबी ब्रहमाचार्य, राजेन्द्र वस्नेत र हरिशचन्द्र अधिकारी मंसिर २८ मा अनिवार्य अवकासमा जान लागेकाले उनीहरुको सरुवा भएको बताइएको छ ।

IME Life
kumari