citizens life insurance long ad
stcnepal long ad

म कुनै गुटमा छैन :वामदेव गौतम

Nimb long ad
Prabhu Insurance Long Ad

दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीको कुनै गुटमा नरहेको बताउनु भएको छ । उहाँले अहिले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताउनु भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा गौतमले अहिले पार्टीमा समस्या देखिएको भन्दै त्यो समस्या समाधान गर्न आफू निरन्तर लागिरहेको बताउनु भएको छ ।

पार्टी एकता, समृद्ध नेपालदेखि समाजवादको परिकल्पना आफ्नो सपना भएको बताउँदै ६३ सालदेखि पार्टी एकीकरणको पक्षमा रहँदै आएकाले जुटेको पार्टीलाई फुट्न नदिने पक्षमा रहेको समेत बताउनुभयो ।

आफूले अहिलेसम्म कुनै गुटबन्दी नगरेको दाबी गर्दै यति बेला सबै पार्टी एकताको पक्षमा हुनुपर्ने बताउनु भएको छ ।

यस्तै नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले दाङका सबै नेता र कार्यकर्ता पार्टी एकताको पक्षमा भएकाले एकताको पक्षमा गम्भीरताका साथ लाग्न सुझाव दिनुभएको हो ।

कार्यक्रममा तुलसीपुर उपमहानरपालिकाका प्रमुख घनश्याम पाण्डेले दंगाली जनताको चाहना पार्टी एकता नै रहेको बताउनु भएको छ ।

IME Life
kumari