पोखरा महानगरपालिकाका उपप्रमुखसहित २८ कर्मचारीमा कोरोना संक्रमणः एक साताका लागि सेवा बन्द
कास्की । पोखरा महानगरपालिकामा उपप्रमुख मञ्जु देवी गुरुङ्ग सहित २८ जना कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि महानगरपालिकाको सेवा एक साताका लागी बन्द गरिएको छ ।
नगरप्रमुखको सचिवालय, प्रशासन शाखा, लेखा शाखा लगायतका कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि अत्यावश्यक काम बाहेकका सेवा आगामी मंसिर १२ गतेसम्मलाई बन्द गरिएको सूचनामा जनाईएको छ ।
महानगरपालिकाले कार्यालयमा कार्यरत् एकतिहाई कर्मचारीबाट मात्रै सेवा प्रवाह गर्नुपर्ने बाध्यता भएकोले जरुरी काम बाहेक कार्यालयमा नआउन सुचना जारी गरेको छ ।























