प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाल सरकार, मन्त्रीपरिषद्को २०७७ मंसिर ३ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी सन्तोषकुमार ढकाल र सहायक रथी सहदेव खड्कालाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज २०७७ मंसिर ५ गते जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
उपरथी दर्जामा पदोन्नति हुनु भएका उपरथी सन्तोषकुमार ढकाललाई पूर्वी पृतना हे.क्वा.को पृतनापति तथा उपरथी सहदेव खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ ।
नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती हुनु भएका ४ जना महासेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो ।























