citizens life insurance long ad
stcnepal long ad

बालुवाटारको बैठक सकिएलगत्तै शीतलनिवास पुगे अध्यक्ष दाहाल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुग्नुभएको छ । सचिवालय बैठकको रस्साकस्सी चलिरहेकै बेला अध्यक्ष दाहाल मंगलबार साँझ शीतल निवास पुग्नुभएको हो ।

बालुवाटारमा बसेको प्रधानमन्त्री ओली, महासचिव बिष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतको बैठक सकिएसँगै दाहाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नुभएको हो ।

बालुवाटारमा बसेको आजको बैठकमा प्रधानमन्त्री ओलीले आफूले सचिवालय बैठक बसाल्न चाहेको तर,। सहमतिमा बैठक बस्न अनुरोध गर्नुभएको बताइएको छ ।

राष्ट्रपति भण्डारी र अध्यक्ष दाहालबीच उक्त बैठकको निर्णय अनुसार सहमतिका लागि केही समय कुर्न या सहमतिमै सचिवालय बैठक बोलाउने विषयमा छलफल हुने आँकलन गरिएको छ ।

IME Life
kumari