citizens life insurance long ad
stcnepal long ad

नबिल बैंकको खुद नाफामा आकर्षक वृद्धि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ७.८२% ले थोरै हो । अघिल्लो वर्ष यस बैंकले १ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १७.६९% र ७.६७% ले खुम्चिंदा खुद नाफा पनि प्रभावित भएको देखिन्छ । वितरण योग्य नाफा भने ६२.८५% ले बढेकोे छ ।

अघिल्लो वर्ष ७४ करोड २२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको नबिलले यो त्रैमासमा बढाएर १ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ । बैंकले निक्षेप संकलन र कर्जा लगानी पनि क्रमशः १३.३८% र १६.०२% ले बढाउन सफल भएको छ ।

असोजसम्म यसको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ रहेको छ । रिजर्भ कोषमा १२ अर्ब ६१ करोड रुपैयाँ छ । यो त्रैमाससम्म आइपुग्दा नबिलको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४८ पैसाले घटेर ४१ रुपैयाँ ०३ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ २६७ रुपैयाँ ०८ पैसा रहेको छ ।

IME Life
kumari