citizens life insurance long ad
stcnepal long ad

तीन राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।संघीय संसदको सार्वजनिक सुनुवाइ समितिले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा सहित तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

समितिको शुक्रबार बसेको बैठकले अमेरिकाका लागि प्रस्तावित पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित डा. निर्मलकुमार विश्वकर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

प्रस्तावित राजदूतहरु उक्त पदका लागि योग्य देखिएकाले समितिले सर्वसम्मत अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

बैठकमा सांसदहरुले प्रस्तावित राजदूतहरुलाई उहाँहरुको कार्यदक्षता, कार्ययोजना र उहाँमाथि लागेको आरोपहरुका बारेमा जिज्ञासा राख्नुभभएको थियो ।

सांसदका प्रश्नहरुको जवाफमा उहाँहरुले आफू सम्बन्धित देशसँगको कुटनीतिक सम्बन्ध बलियो बनाउने, त्यहाँ रहेका नेपालीको हितमा काम गर्ने, विदेशी लगानी भित्र्याउने लगाएतका प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रस्ताव अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

IME Life
kumari