stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेप्सेमा नयाँ रेडर्क, एकै दिनमा चार अर्ब ८२ करोड रुपैयाँको कारोबार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज एकै दिन नयाँ रेडर्क कायम भएको छ । तिहार अघिको अन्तिम दिन एकै दिन चार अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा कूल १९८ वटा कम्पनीको एक करोड ३८ लाख ८९ हजार १८९ कित्ता शेयर बिक्री गरी सो मात्रामा शेयर खरिद बिक्री भएको हो ।

बिहिवार एकै दिन नेप्से १०.८२ अंकले बृद्धि भई १७१८.४९ अंकमा पुगेको छ । नेप्सेमा एकै दिन यति धेरै कारोबार भएको यो पहिलो रेकर्ड हो ।

अर्थमन्त्री विष्णु पौडेलेले अर्थतन्त्रलाई नयाँ दिशामा डोर्याउँदै गर्दा दोस्रो बजार छलाङ मार्न थालेको विश्लेषण गरिएपनि आधिकारिक तथ्य बाहिर आएको छैन ।

विश्लेषण गर्नेहरुले अनेकन कोणबाट विश्लेषण गर्दै आएका छन् । यसअघि पुगेको १८०० को रेडर्कलाई पछ्याउँदै नेप्से अघि बढ्न थालेपछि लगानीकर्ताहरु भने थप उत्साहित हुँदैछन् ।

बिहिवार साल्ट ट्रेडिङ र बिशाल बजार कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् भने गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले पाँच प्रतिशतका दरले गुमाएका छन् ।

IME Lifesidebar
kumari