citizens life insurance long ad
stcnepal long ad

मुक्तिनाथ विकास बैंक, नेपाल राष्ट्र बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंकबीच सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिना थविकास बैंकले नेपाल राष्ट्र बैंक र के.एफ.डब्लु(केफब्लू) डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ ।

जर्मन सरकार समर्थित परियोजना“ गा्रमीण तथाअर्ध–सहरी क्षेत्रमा दिर्घकालीन आर्थिक विकास–एम.एस.एम.इ वित्त चरण २ नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन वित्तिय विकास निगम द्धारा सञ्चालनमा रहेको छ ।

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभागप्रमुख डा. प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन ।

लघु, साना तथा मझौला उद्ममको विकासले देशको आर्थिक विकास तथा रोजगारी सृजनामा अहम भुमिकारहने विषयलाई दृष्टिगत गरी सो कार्यलाई सार्थकता प्रदान गर्न मुक्तिना थविकास बैंकले मुख्यतःसुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश अन्तर्गत ग्रामीण तथाअर्ध–सहरी क्षेत्रमा रहेका लघु, साना तथा मझौला उद्मोगलाई कर्जा प्रदान गर्ने जनाएको छ ।

परियोजनाले विशेष गरी कोभिड–१९ को कारणले अतिप्रभावित क्षेत्रमा वित्त तथा तरलता सुविधा –कर्जा सुविधा २ लाख देखि ४० लाख रुपैयाँसम्म प्रदान गर्ने बैंकले जनाएको छ । उद्यमशीलताको विकास तथा संकटको समयमा वित्तिय पहुँच प्रदान गरी लघु, साना तथा मझौला उद्मोगको माध्यमबाट दिगो तथा समतामुलकआर्थिक विकास गर्ने लक्ष्य यस परियोजनाले लिएको छ ।

IME Life
kumari