citizens life insurance long ad
stcnepal long ad

सवै विद्यार्थीलाई निःशुल्क सिमकार्ड दिन सञ्चारमन्त्रीको आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यालय तहका सबै विद्यार्थीहरुलाई निःशुल्क सिमकार्ड तत्काल वितरण गर्न नेपाल दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले देशभरका सामूदायिक विद्यालयहरुको पठन–पाठन अनलाइन मार्फत् संचालन हुने गरी विद्यार्थीहरुलाई निःशुल्क सिमकार्ड वितरण गरी इन्टरनेटको तत्काल व्यवस्था गर्न प्राधिकरणलाई निर्देशन दिनुभएको हो ।

‘कोरोना भाईरस महामारीका कारण चालू शैक्षिक सत्रको पठन–पाठन विद्यालय तहमा संचालन हुन सकेको छैन,’ मंगलबार अपरान्ह काठमाडौंको कमलादीस्थित प्राधिकरणको केन्द्रिय कार्यालयको अनुगमन गर्ने क्रममा मन्त्री गुरुङले भन्नुभयो ‘देशभरका सामूदायिक विद्यालयहरुका विद्यार्थीलाई निःशुल्क सिमकार्डको व्यवस्था गरी अनलाईन कक्षा संचालनका लागि इन्टरनेट सेवाको व्यवस्था मिलाउन प्राधिकरणलाई आग्रह गर्दछु ।’

उहाँले हरेक वडा तह, स्वास्थ्य चौकीमा पनि इन्टरनेट सेवा विस्तार गर्न ढिलाई नगर्न प्राधिकरणलाई सचेत गराउनुभयो । इन्टरनेट सेवा सिंहदरबारमा समेत गुणस्तरीय नभएको उल्लेख गर्नुहुँदै मन्त्री गुरुङले त्यसलाई गुणस्तरीय, सस्तो र भरपर्दो बनाउन प्राधिकरण र नेपाल टेलिकमले नयाँ कार्ययोजनाका साथ अघि बढनुपर्ने पनि स्पष्ट पार्नुभयो ।

मन्त्री गुरुङले देशभर अप्टिकल फाइबर बिच्छ्याउने (सूचना महामार्ग) कार्यलाई तोकिएको समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने पनि बताउनुभयो ।

उहाँले देशैभर उच्च गतिको ब्रोडब्याड इन्टरनेको पहुँच पु(याउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्ष्यका साथ शुरु गरिएको सो परियोजनालाई निर्धारित समयमै सम्पन्न गर्न सरकारका तर्फबाट सहयोग गर्ने बताउनुभयो ।

तीन वटा प्याकेजमा विभाजन गरी निर्माण शुरु गरिएको उक्त परियोजनामध्ये प्रदेश १, २ र बागमती तथा कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिच्छयाउने काम भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशमा फाइबर बिच्छ्याउने कार्य अगाडि बढ्न सकेको छैन ।

IME Life
kumari