स्टार्टअप आइडिया माथि लगानी बढाउन सरकारसँग माग
काठमाडौं । विशाल फाउण्डेशन र समृद्धि स्कुलको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न भएको योङ आन्ट्रपर्नस कन्ल्लेभ २०२० मा सहभागी युवा उद्यमी तथा विर्धार्थीहरुले स्टार्टअप आइडिया माथि लगानि बढाउन सरकारसँग माग गरेका छन ।
गत कार्तिक २० गतेदेखि २४ गते सम्म सञ्चालन भएको उक्त कार्यक्रममा कन्केलेभ स्टुडियो मार्फत ३ दर्जन अतिथि सहभागी भए भने वेविनार मार्फत १ हजार भन्दा बढि युवा उद्यमी तथा विद्यार्थीहरुको सहभागीता जनाएका थिए ।
बिभिन्न सेसनहरुमा बोल्दै युवाहरुले आफुहरुको आइडिया माथि सरकारले बिउ पुँजी र तालीमको अवसर प्रदान गरे नेपालमै केहिगर्ने रहर रहेको बताएका थिए ।
बिभिन्न सेसनमा बोल्ने सरकारका प्रतिनिधि, निजी क्षेत्रका बरिष्ठ उद्यमी र बैकंरहरुले उत्कृष्ट आइडिया भएका स्टार्टअपहरुलाई सुन्य ब्याज दरमा कर्जा सरकारले उपलब्ध गराउन सके भविश्यमा धेरै ठुला ब्यवसायका रुपमा स्टार्टअपहरु बिस्तार हुने बताउनु भएको थियो ।
युवा उधमी तथा विधार्थीहरुमा केन्द्रित रहको यो कार्यक्रमले युवा विद्यार्थीवर्गलाई उद्यमशीलतामा लाग्न अभिप्रेरित गरेको तथा अगुवा उद्यमीहरुको उद्यम अनुभवबाट उद्यमशीलताका सम्भावित समस्या र चुनौति तथा प्रक्रियाको बारेमा ज्ञान आर्जन गर्न सक्ने एउटा महत्वपुर्ण अवसर भएको आयोजक संस्था विशाल फाउण्डेशनका प्रमुखकार्यकारी अधिकृत विशाल गैरेले बताउनु भयो ।
पुर्व अर्थमन्त्रीद्धय सुरेन्द्र पाण्डे,शंकरप्रसाद कोइराला, बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झा, अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, सिटिइभीटीका सदस्य सचिव डा पुष्परमन वाग्ले, प्रधानमन्त्रीका आइटि बिज्ञ अस्गर अली, बरिष्ठ उद्यमी हरिभक्त शर्मा, हेमराज ढकाल, हेमाकुमारी अधिकारी, सुदिप आचार्य, बैंकर मनोज ज्ञवाली लगायतका स्पिकरहरुले उक्त कार्यक्रमलाई सम्बोधन गरेका थिए ।























