citizens life insurance long ad
stcnepal long ad

औपचारिक बैठक बसे पार्टी फुट्छ भनेर ओलीले भन्नुभयो : अध्यक्ष प्रचण्ड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्ष नेताहरूबीचको तनाव उत्कर्षमा पुगेका वेला अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सचिवालय सदस्यहरूसँग ब्रिफिङ गर्नुभएको छ ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय सदस्यहरूसँग उहाँले अनौपचारिक रूपमा छलफल गर्दै प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘औपचारिक बैठक बोलाइयो भने त्यो नै पार्टी फुटको घोषणाको बिन्दु हुने’ बताउनुभएको ब्रिफिङ गर्नुभएको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले नै औपचारिक बैठक नराख्न भन्नुभएको थियो । उहाँकै सल्लाहमा अध्यक्ष प्रचण्डले अनौपचारिक बैठक बोलाउनुभएको प्रवक्ता श्रेष्ठको भनाइ थियो ।

यद्यपि अनौपचारिक छलफलमा ९ जना नै सचिवालय सदस्यलाई बोलाइएकोमा ५ जना मात्रै सहभागी हुनुभएको प्रवक्ता श्रेष्ठको भनाइ छ । शुक्रबारको छलफलमा अध्यक्ष प्रचण्ड सहित उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनुभएको थियो ।

तर प्रधानमन्त्री ओली र उहाँका विश्वासपात्र मानिएका महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोखरेल भने छलफलमा सहभागी हुनुभएन ।

पछिल्लो समय विकसित विभिन्न राजनीतिक परिदृश्यका कारण नेकपा अध्यक्षद्वयबीच मनमुटाव चुलिएको छ । गत भदौ २६ को स्थायी कमिटी बैठकले गरेका सहमति एवं निर्णयहरू पालना गरेर शीर्ष नेता अघि बढ्न नसक्दा समस्या देखिएको बताइएको छ ।

शुक्रबारको अनौपचारिक छलफलमा पुनः प्रधानमन्त्री ओलीसँग अनुरोध गरेर सचिवालयको पूर्ण बैठक डाक्ने कुरा भएको बताइएको छ ।

IME Life
kumari