दुई महिला लागू औषध सहित पक्राउ
वीरगञ्ज । सशस्त्र प्रहरी पर्साको शंकराचार्यमा खटिएको टोलीले लागूऔषध सहित दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५० वर्षीया फुलमति चौधरी र २९ वर्षीया सुगन्धादेवी पासवान रहेका छन् ।
उनीहरुलाई हवल्दार भान बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा डाइजापाम ३०० गोटा, फेनारागन २९७ गोटा, नुफिन ३०० गोटा फेला पारेको हो । उनीहरुलाई भारतबाट नेपालतर्फ कालो झोलामा लुकाईल्याउदै गरेको लागू औषध नियन्त्रणमा लिएको हो ।























