citizens life insurance long ad
stcnepal long ad

प्राइम बैंकको नाफा ५४.२४% वृद्धि हुँदा अधिकांश सूचक तगडा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा प्राइम कमर्सियल बैंकको अधिकांश सूचकमा वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ५४.२४५ ले बढेर १ अर्ब १ करोड ७६ लाख ३४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । यसअवधिमा वितरण योग्य नाफा ४७.८९% ले बढेर ३३ करोड ८४ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा बढ्न टेवा पुगेको हो । असोज मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ४६.२३% ले बढेर १ अर्ब ५५ करोड ८ लाख ३६ हजार रुपैयाँ पुगेको छ । साथै, सञ्चालन नाफा पनि ५३.२७% ले बढेर १ अर्ब ४४ करोड ७६ लाख ५१ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा १.३७% छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १ रुपैयाँ ८७ पैसाले बढेर २९ रुपैयाँ ११ पैसा पुगेको छ । अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ २४ पैसा थियो । प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा पुगेको छ । निक्षेप संकलन र कर्जा लगानी क्रमशः ५८.४१% र ४३.३५% ले बढेको छ ।

IME Life
kumari