कोरोना बिमाको दाबी भुक्तानी ७ दिनमा नै गर्न बीमा समितिको निर्देशन
काठमाडौं । बिमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी ७ दिनमा नै गर्नुपर्ने भएको छ । अर्थ मन्त्रालयबाट अएको पत्र अनुसार बीमा कम्पनीहरुलाई कोरेना बीमाको दाबी भुक्तानी ७ दिनमा नै गर्नु पर्ने भएको हो ।
अब कोरोना बीमा मादण्डमा भएको व्यवस्था अनुसार प्रक्रिया पुरा गर्नेले ७ दिनमा नै दाबी भुक्तानी पाउने बताइएको छ ।
अर्थ मन्त्रालयले समितिलाई कोरोना बीमाको दाबी भुक्तानी नरोक्न निर्देशन दिएपछि बीमा समितिले पनि कारोना बिमाको दाबी भुक्तानी ७ दिनमा नै गर्न निर्देशन दिएको जनाएको छ।
























