citizens life insurance long ad
stcnepal long ad

मंगलबार बिहान काठमाडौंका यी स्थानमा विद्युत् कटौती हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोली मंगलबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाडौँ ग्रिड महाशाखाबाट स्युचाटार सवस्टेशनमा जडित ११ केभी क्षमताको स्वीच गियर बदली गरी नयाँ स्वीच गियर प्यानल जडान गर्नुपर्ने भएकाले कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलङ्की, थानकोट, कालीमाटी र ताहाचल लगायतका विभिन्न क्षेत्रमा मंगलबार बिहान ७ देखि १० बजेसम्म विद्युत् कटौती हुनेछ ।

विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्ने असुविधा प्रति प्राधिकरणले माफी माग्दै तोकिएको समय भन्दा तोकिएको काम सकिए त्यस भन्दा अगावै विद्युत् सेवा पुनः सञ्चालनमा आउने जानकारी समेत दिएको प्राधिकरणले जनाएको छ ।

IME Life
kumari