citizens life insurance long ad
stcnepal long ad

संरक्षित वन्यजन्तु कछुवा सहित पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भक्तपुर सूर्यविनायकबाट संरक्षित वन्यजन्तु कछुवा सहित ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर बालकुमारी बस्ने रामेछाप हिमगंगा नगरपालिक–(४ घर भएका २९ वर्षीय नैन बहादुर आले मगर, काठमाडौं बनस्थली बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका–६ घर भएका २४ वर्षीय सुजन उपरकोटी, काठमाडौं बौद्ध बस्ने रामेछाप दोरम्बा गाउँपालिका(६ घर भएका ३३ वर्षीय छेवाङ लामा, भक्तपुर गणेशबस्ती बस्ने रामेछाप दोरम्बा गाउँपालिका–६ घर भएका २७ वर्षीय राज कुमार घिसिङ र काठमाडौं बौद्ध बस्ने रामेछाप दोरम्बा गाउँपालिका–६ घर भएका २९ वर्षीय दावा लामा रहेका छन् ।

संरक्षित वन्यजन्तु कछुवाको अवैध ओसार पसार तथा बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय भक्तपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

IME Life
kumari