citizens life insurance long ad
stcnepal long ad

कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेर हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेर हुँदैछ । सत्तारूढ नेकपाकै गुटहरूबीच विवाद चुलिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल हेरफेर गर्न लाग्नु भएको हो ।

विशेष स्रोतका अनुसार मुख्यमन्त्री शाहीले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली गुटका दुई मन्त्रीलाई हटाउने तयारी गर्नुभएको छ । हटाइने मन्त्रीमा सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन–वातावरण मन्त्री नन्दसिंह बूढा रहेका छन् । सट्टामा नेकपाका बरिष्ठ नेता माधव नेपाल गुटका २ जनालाई मन्त्रीमा नियुक्ति गर्ने तयारी रहेको छ ।

साथै यसअघि रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्रीमा पनि आजै नयाँ मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी रहेको छ । यसअघि बैंकिङ कसुरमा परेपछि ओली पक्षधर नै मानिने तत्कालीन भौतिक पूर्वाधार मन्त्री खड्कबहादुर खत्रीलाई हटाइएको थियो । नयाँ नियुक्त हुने मन्त्री र कार्यविभाजन बारे भने खुलाइएको छैन ।

सामाजिक विकास मन्त्री दल रावलले आफूलाइ हटाउनुअघि नै सामाजिक सन्जाल मार्फत् पद त्याग गरेको बताउनु भएको छ । उहाँले ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु’ भन्दै स्टाटस राख्नुभएको छ ।

केही समयअघि मुख्यमन्त्री शाहीलाइ नै हटाउनेगरी नेकपाकै सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर पछि पार्टी केन्द्रको निर्देशन र आन्तरिक छलफलबाट उक्त विवाद सामसुम पारियो ।

IME Life
kumari