citizens life insurance long ad
stcnepal long ad

नेपाल बैंकको अधिकांश सुचकमा सुधार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलोमा बैंकको नाफा ५.३९% ले घटेर ५५ करोड ४ लाख १९ हजार रुपैयाँमा आएको छ ।

बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा लगायत अधिकांश सूचकमा सुधार भएपनि तिर्न बाँकी कर रकम बढेका कारण खुद नाफामा संकुचन आएको छ ।

पहिलो त्रैमासको अन्त्यसम्म खुद ब्याज आम्दानी ११.५४% र सञ्चालन नाफा २७.५९% ले बढेको छ । वितरण योग्य नाफा १९ करोड ६४ लाख ६४ हजार रुपैयाँ छ ।

नेपाल बैंकको कस्ट अफ फन्ड घटेको छ । यसको प्रतिसेयर नेटवर्थ २७३ रुपैयाँ ४९ पैसा छ । तर खुद नाफामा संकुचन आउँदा  प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७२ पैसाबाट घटेर १९ रुपैयाँ ५१ पैसामा सीमित भएको छ ।

IME Life
kumari