citizens life insurance long ad
stcnepal long ad

कांग्रेसको बैठक २१ गते बस्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाली कांग्रेस पार्टीको १४ औ महाधिबेशनको तयारीका बिषयमा छलफल गरि आबश्यक निर्णय गर्न ,
नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक यही कार्तिक २१ गते दिनको १ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने भएको छ।

पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुने पार्टीले अनुरोध गरेको छ ।

यसैवीच नेपाली कांग्रेसले देहरादुनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिन र पीडित विद्यार्थीको अविलम्ब उद्दार गर्न सरकार समक्ष आग्रह गरेको छ।

भारतको देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरु निर्घात रुपले कुटिएको घटनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ ।

आजको विश्वमा एक देशका विद्यार्थी अर्को देशमा पढ्न जाने बिषय सामान्य कुरा बनिसकेको छ । नेपाल र भारत दुबै देशका विद्यार्थी एकापसको देशका विभिन्न शहरमा अध्यनरत छन् ।

जो जहाँ पढिरहेका छन् सुरक्षित र निर्भीक वातावरण प्राप्त गर्नु तिनको अधिकार मात्रै होइन त्यसको सुनिश्चितता गर्ने अभिभारा दुबै देशका सरकारहरुको हो । कुनै पनि बहानामा संसारमा कहिँ पनि कोहि एकमात्र पनि नेपाली विद्यार्थी या अन्य कोहि पनि नेपाली नागरिक दुव्र्यवहार र आक्रमणमा पर्छन् भने त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनु पर्दछ ।

अतः देहरादुनमा विजया दशमीकै दिन दर्जनौँ नेपाली विद्यार्थीहरु माथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन, विरोध प्रकट गर्दै भारत सरकारको ध्यानाकर्षण गराउन र ती विद्यार्थीहरुको अविलम्ब उद्दार गर्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ प्रवक्ता विश्व प्रकाश शर्माद्वारा जारी विज्ञाप्तीमा उल्लेख छ ।

नेपाली विद्यार्थीहरुको सुरक्षा र सम्मानका बारेमा गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना कहिँ पनि हुन नदिन आवश्यक सतर्कताका लागि सरकार समक्ष माग गर्दछौ विज्ञप्तिमा भनिएको छ।

 

 

No description available.No description available.

IME Life
kumari