stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

माछापुच्छ्रे बैंकबाट दक्षिणा पठाउँदा क्यासब्याक पाइने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकबाट दक्षिणा पठाउँदा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ । बैंकले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोबाइल मनि मार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकलाई आकर्षक क्यासव्याक प्रदान गर्ने भएको छ ।

कोभिड –१९ को जोखिम बढ्दै जादाँ नगदरहित कारोबारलाई जोड दिँदै बैंकले दशैंमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिन आग्रह गर्दै यसरी डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम १०० रुपैयाँसम्म क्यासव्याक दिने भएको हो ।

विजया दशमीको दिनदेखि पूूर्णिमासम्म माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ्ग एप माछापुच्छ्रे मोबाइल मनि मार्फत जुुनसुुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकहरुले उक्त क्यासव्याक प्राप्त गर्न सक्नेछन् । क्यासव्याक प्राप्त गर्न ग्राहकले पैसा ट्रान्सफर गर्दा प्रोमो कोडमा दक्षिणा लेख्नुुपर्नेछ ।

उक्त क्यासव्याक पूूर्णिमा पछि ग्राहकको खातामा सिधै जम्मा हुुनेछ । क्यासव्याक प्राप्त गर्न न्यूूनतम २ सय रुपैयाँ वा सो भन्दा वढिको दक्षिणा कारोबार गर्नुुपर्नेछ ।

स्मार्ट बैंक–माछापुच्छ्रे बैकले आफ्ना ग्राहकहरुलाई स्मार्ट सुुविधा दिने उद्देश्यले विभिन्न समयमा विभिन्न अफरहरु संचालनमा ल्याएको छ ।

बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा डिजिटल दक्षिणाको साथमा बैंकको २०/२० अफर संचालन गरिरहेको छ । जसअन्तर्गत बैंकले कार्ड तथा क्युुआर कोडबाट गर्ने कारोबारमा ग्राहकलाई २० प्रतिशतसम्म क्यासव्याक प्रदान गरिरहेको छ ।

prabhu mahalaxmi
kumari